केराबारी गाउँपालिका कार्यालयमा कुकर बम विस्फोट


केराबारी, ११ माघ / मोरङको केराबारी गाउँपालिका कार्यालयमा शुक्रवार राती कुकर बम विस्फोट भएको छ । करिब ९१५ मा बम विस्फोट भएको हो ।

पालिकाको कार्यालयको मुलगेटमा बम बिस्फोट् भएको छ । प्रहरीका अनुसार मानवीय क्षति नभने भए पनि २० लाख भन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको छ । विस्फोटबाट जेनेरेटर, १० ओटा झ्यालका सिसा, सिसी क्यामेरा, एक स्कुटर लगायत पालिकाको भवनमा क्षति हो।

बिप्लप नेतृत्वको नेकपा पार्टीले गराएको हुन सक्ने अनुमान गरिएता पनि बम विस्फोट कसले गराएको हो भन्ने खुल्न सकेको छैन ।

पालिकाको परिसर नजिकै एउटा सुत्ली बम समेत राखेको पाइएको छ । बम डिस्पोज टोली आइ नपुगेको कारण सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्