बेलबारीमा तामाङ समुदायद्वारा सोनाम ल्होसारको स्वागत


बेलबारी, १० माग / बेलबारीमा तामाङ समुदायले मञ्जुश्री सम्बत २८५६ सोनाम ल्होसार जिवा ल्हो अर्थात् मुसा वर्षकोलाई आज स्वागत गरेका छन् । नेपाल तामाङ घेदुङ बेलबारी नगर कार्य समितिको आयोजनामा बेलबारी वाड नं.३ स्थित मालपोत चौकमा नेपालको चित्र बनाई सोनाम लेखेर दीप प्रज्वलन गरी स्वागत गरेका हुन ।

शुक्रवार साँझ सोनाम ल्होसारको स्वागत गर्दै उपस्थित सबैले दीप प्रज्वलन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ, प्रदेश १ का अध्यक्ष रेख बहादुर तामाङले सोनाम ल्होसारको शुभकामना प्रदान गरेका छन् । सोनाम ल्होसार तामाङ समुदायको महान् चाड हुनुको साथै नयाँ वर्षको प्रवेश पनि मान्ने गरेको उनले जनाएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, नरेन्द्र कट्टेल, नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बेलबारीका अध्यक्ष तिलक प्रसाद राई, सचिव मनकुमार गुरुङ, समाजवादी पार्टी, बेलबारीका अध्यक्ष तिलक राई, नेतृ शान्ता तामाङ लगायतको उपस्थिति रहेको थियो । साथै उपस्थित अतिथिहरूले सोनाम ल्होसारको शुभकामना प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्