एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ


कास्की, १० माघ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ परेका छन् ।

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ विरुद्ध उजुरी दिने गुरुङलाई पनि पक्राउ गरेको छ । बैङ्किङ कसुरमा अनुसन्धानका लागि अदालतको अनुमतिमा उनलाई निमन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताएका छन् ।

गुरुङ विरुद्ध बैङ्किङ कसुर, गठीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले गुरुङलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । मुख्यमन्त्री कप फुटबल समारोहमा मिलनमाथि मञ्चमै कुटपिट गरेको आरोपमा मनाङेलाई प्रहरीले पोखराको होटेल प्याराडाइजबाट बिहीबार पक्राउ गरेको थियो । मनाङे प्रहरी अनुसन्धानमै रहेका बेला गुरुङ समेत पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्