राष्ट्रियसभा निर्वाचनमा नेकपा १६ र राजपा २ निर्वाचित


काठमाडौँ ,९ माघ ।  राष्ट्रियसभा निर्वाचनमा भएको १८ पदका लागि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् ।

विपक्षी नेपाली र समाजवादी पार्टीले पूर्वानुमान अनुसार नै एकसीट पनि जितेन । बिहीबारको निर्वाचनपछि राष्ट्रियसभामा रहेका काँग्रेसका ७ जना सांसदको सिट घटेको छ । राष्ट्रियसभामा प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि बिहीबार मतदान भएको थियो ।

प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग तालमेल गरी २÷२ सिट बाँडफाँट गरेको थियो । र, नतिजा पनि सोही अनुसार आएको छ ।

प्रतिक्रिया दिनुहोस्