पोखरामा सांसद दीपक मनाङे पक्राउ


पोखरा, ९ माघ ।  गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा पक्राउ गरेको छ ।

उनलाई सादा पोसाकमा खटिएको प्रहरीले पोखराको लेकसाइडस्थित होटेल प्याराडाइजबाट बिहीबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

मनाङेले मङ्गलवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई मञ्चमै हातपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधवार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

उनले आफ्नो गल्तीप्रति क्षमायाचना गर्नुको सट्टा गुरुङलाई उल्टै खेलकुदको नाममा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उनले आफूलाई प्रहरीले पक्राउ गर्नै नमिल्ने दाबी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्