सोनाम ल्होसारको अवसरमा बागमती प्रदेशको तीनमा जिल्ला बिदा नहुने


काठमाडौँ, ९ माघ ।  तामाङ समुदायको सोनाम ल्होसारको अवसरमा भोलि (शुक्रवार) बागमती प्रदेशमासार्वजनिक बिदा दिएपनि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा नदिने भएको छ ।

प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरबाहेक बागमती प्रदेशका अरू जिल्लामा प्रदेश सरकारले दिएको बिदा लागू हुने गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले बताएका छन् ।

गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद् बैठकले उपत्यका बाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो । प्रदेशले बिदा दिँदा केन्द्र सरकारमातहत दरबन्दी भएका कार्यालय खुलेपछि मन्त्रिपरिषद्ले यस्तो निर्णय गर्नुपरेको थियो । उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले दिए मात्रै बिदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्