गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन


काठमाडौँ ,९ माघ ।  दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् ।

गत कात्तिकको पहिलो साता अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै रहेकी उपमेयर पछिल्लो एक महिनायता सम्पर्कविहीन भएकी छन् ।

उपमेयर दर्शनाले म्यासेन्जरबाट भएको कलमा आफू बिरामी भएकोले फर्किन ढिलो भएको बताएको मेयर शाहीले बताएका छन् । उनले भने, ‘म्यासेन्जरमा कुरा भएको थियो । बिरामी भएकोले ढिलो भएको जानकारी गराउनुभयो । पुससम्म सम्पर्कमै हुनुहुन्थ्यो । त्यसपछि सम्पर्क भएको छैन ।’

दर्शनाको फेसबुक एकाउन्ट अहिले निष्क्रिय रहेको छ । दर्शना नगरपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत भएकोले अमेरिकाको गोष्ठीमा जाने अवसर पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्