सालनालसहितको शिशुको शव फेला


काठमाडौँ, ९ माघ । काठमाडौँ चाबहिलको धोविखोलामा अन्दाजी ६–७ महिनाको शिशुको सालनालसहितको शिशुको शव फेला परेको छ ।

शिशुको शव सालनालसहित कपडाले बेरेको अवस्थामा भेटिएको काठमाडौँ प्रहरी परिसर टेकुका डिएसपी होविन्द्र बोगटीले बताएका छन् ।

‘कानुनी प्रक्रिया पूरा गरेर अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको डिएसपी बोगटीले बताए । थप यस विषयमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्