श्रीमानलाई घरेलु मदिरा खोज्न पठाएर असक्त श्रीमती बलात्कृत


बेनी, ९ माघ ।  म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीकी एक असक्त महिला बलात्कृत गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रघुगंगा–२ का ५२ वर्षीय डिलबहादुर केसीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएका छन् ।

केसीले बोल्न नसक्ने अशक्त महिलालाई बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरिएको हरि निरीक्षक ध्रुवप्रसाद शर्माले बताएका छन् ।

माघ २ गते घरमै आएर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । उनले घरेलु मदिरा श्रीमानलाई खोज्न पठाएर जबरजस्ती गरेको पीडितको बताएकी छिन् ।

माघ ४ गते पक्राउ गरिएका केसीलाई बिहीबार जिल्ला अदालतबाट अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्ने तयारी भएको छ । केसी विरुद्ध करणीसम्बन्धी कसुरको जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्