रङ्गेलीमा कलेज बस दुर्घटना हुँदा १ को मृत्यु ११ विद्यार्थी घाइते


मोरङ, ९ माघ ।  मोरङको रङ्गेलीमा मे १ ख १४९० नम्बर कलेज बस पल्टिँदा एक जनाको ज्यान जानुको साथै ११ विद्यार्थी घाइते भएका छन् ।

बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बस सहचालक समेत रहेका बसधनी विराटनगर–१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले बताएको छ ।

घनपालथान गाउँपालिका–४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा ११ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बाक्लो हुस्सु लागेकाले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको खड्काले बयानमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्