बेलबारीमा ट्राफिक प्रहरी कार्यालयको उद्घाटन : सडक सुरक्षामा प्रदेश १ अब्बल मन्त्री कार्कीको दाबी


बेलवारी, ८ माघ ।  बेलवारी नगरपालिका–१ स्थित नवनिर्मित ट्राफिक प्रहरी कार्यालयको बुधवार औपचारिक उद्घाटन भएको छ ।  प्रदेश न.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की साथै बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले रिबीन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सडक सुरक्षामा अन्य प्रदेश भन्दा अब्बल भएको दाबी गर्दै प्रदेश नं. १ सरकारले प्रदेश प्रहरीको गठन चाडै गर्ने बताएका छन् । उनले केही राष्ट्रिय मिडियाले प्रदेश र स्थानीय सरकारलाई विकासमुखी काम नगरेको भ्रमपूर्ण समाचार नछाप्नु प्रदेश न.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले आग्रह गरेका छन् ।

मन्त्री कार्कीले निर्माणमा सहयोग पुर्‍याउने सङ्घ संस्था, दातृ निकाय, व्यक्ति सबैलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् । उनले मोरङको दुई इलाकाहरू, इलाका प्रहरी कार्यालय बेलबारी र रंगेलीको स्तर वृद्धि गर्ने पनि जनाएका छन् ।

कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङ, बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, १ न. प्रदेश प्रहरी प्रमुख भीम बहादुर दाहाल, केराबारी गा.पा प्रमुख रोहित कार्की, बेलवारी नगर उपप्रमुख ढाका कुमारी पराजुली, लगायतको उपस्थिति रहेको थियो ।

ट्राफिक कार्यालय अनुगमन समितिका संयोजक महेन्द्र सुवेदीले कार्यक्रममा स्वगत मन्तव्य राखेका थिए भने समितिका कोषाध्यक्ष रुक्मिणी धिमालले आर्थिक प्रतिवेदन पेस गरिन । भवन निर्माण गर्दा ५८ लाख ११ हजार ७ सय ६८ रकम जम्मा भएको र ५५ लाख ५६ हजार ७९ रुपैयाँ खर्च भएको निर्माण समिति कोषाध्यक्ष धिमालले बताइन ।

कार्यालय भवन उद्घाटन कार्यक्रम बेलवारी ट्राफिक प्रहरी कार्यालय उपभोक्ता समितिका अध्यक्ष प्रतापकुमार थापाको अध्यक्षता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्