अख्तियारले वन कार्यालय प्रमुखलाई घुससहित पक्राउ


बुटवल ,८ माघ । रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख श्रेष्ठलाई रंगेहात पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताएका छन् ।

प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ चोकबाट नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्