काठमाडौँको सडकमा कला संस्कृति झल्कने चित्र बन्ने


काठमाडौँ , ८ माघ । काठमाडौँका महानगरपालिकाले सहरको सौन्दर्य बढाउने उद्देश्यले सडक छेउछाउका भित्ता अब कला संस्कृति झल्कने चित्रले सजावट गर्न भएको छ ।

सहरको सौन्दर्य बढाउन चालु आर्थिक वर्षभित्र महानगरपालिका क्षेत्रमा भित्ते चित्र बनाइन लागेको रमहानगरले यसका लागि बजेट व्यवस्थापनसमेत गरिसकेको आयोगका सदस्य मनराजा रञ्जितले बताएको छ ।

उनले भने पहिलो चरणमा गौशालाको वनकाली, माइतीघर, सिनामंगललगायत स्थानका भित्ताहरूमा इन्द्रजात्रा, हाँडी गाउँको जात्रा, अष्टमात्रिका देवतालगायतको चित्र पनि रहने छ ।

महानगरले यससम्बन्धी अध्ययन गर्न ललितकला प्रतिष्ठानका कुलपति के.के कर्माचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति समेत बनाएको थियो । उक्त समितिमा प्रतिष्ठानका प्राज्ञ, कलाकार र रञ्जितसमेत सदस्य छन् । समितिको सदस्य सचिवमा भने महानगरको सम्पदा विभाग प्रमुख रहेका छन् ।

सो समितिले आगामी एक साताभित्र प्रतिवेदनको आधारमा काम सुरु गरिने छ ।

प्रतिक्रिया दिनुहोस्