गाडी दुर्घटना हुँदा सातको मृत्यु , ३२ जना घाइते


धादिङ, ८ माघ ।  धादिङको नीलकण्ठ नगरपालिका ८ ससाह ज्यामिरेमा मङ्गलवार साँझ ग १ ख ८०१२ नम्बरका सवारी दुर्घटना भएको छ ।

ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डलीको दर्शन गरेर गरेको आइचर ट्रक सडकमा पल्टीनन्र्दा सात जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

घटनास्थलमै तीन जना र चार जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताएका छन् ।
तिव्रगतिमा कुदिरहेको उक्त गाडी पिच सडकमा पल्टेको सोही गाडीमा सवार कमल गुरुङले बताएका छन् ।

मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँवासी मिलेर पाठीको मासु र रक्सी खाएका थिए । रक्सीको सुरमा गाडी चलाएर दुर्घटना भएको घाइतेहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्