सांसद मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलनलाई कुटे


कास्की, ८ माघ । गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटेका छन् । गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा अध्यक्ष मिलनलाई सांसद दीपकले मुक्का प्रहार गरेको छ ।

गुन्डा नाइकेका रूपमा परिचित मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मुक्का प्रहार गरेको हो ।

एन्फा अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूलाई ३ पटक प्रहार गरेको बताए। अभ्यास मैदान मिलाउँदा मिलाउँदा पनि आफूलाई पिटेको उनको भनाई छ । आफूले पनि मुक्का फर्काउन सक्ने भए पनि सांसद भनेर छाडेको उनले बताएका छन् ।

सांसद गुरुङले मङ्गलवार नै क्रियटिभ पोखरा अवार्डका सञ्चालक रामकृष्ण पौडेलमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्