सांसद सापकोटाले सभामुखको उम्मेदवारी दर्ता


काठमाडौँ ,७ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का सांसद अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

आज बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराएको हो ।

उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वा्चित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताएका छन् ।

सभामुख निर्वाचनमा काँग्रेस भने सहभागी नहुने भएको छ । योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्