नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने


काठमाडौँ ,७ माघ ।  नेपाली काँग्रेस संसदीय दलको मङ्गलवार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने भएको छ ।

नेकपाले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको काँग्रेसका एक नेताले बताएका छन् ।

सांसद प्रस्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा उम्मेदवारी दर्ताका लागि अग्नि सापकोटालाई बनाउने निर्णय गरेको छ । सभामुखमा उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्