मकवानपुरमा निसास्सिएर बेहोस भएका पाँच भारतीयको मृत्यु


हेटौडा, ७ माघ ।  मकवानपुरको पर्यटकीयस्थल दामनस्थित एक रिसोर्टमा मुर्छित अवस्थामा फेला परेका आठ भारतीय नागरिकमध्य पाँच जनाको मृत्यु भएको छ । सोमबार थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटेल एभरेस्ट पानोरमा रिसोर्टमा बसेका आठ भारतीय पर्यटक मङ्गलवार बिहान अचेत अवस्थामा फेला परेको हो। ।

उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौँ ल्याइएको पाँच जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताएका छन् । मृत्यु हुने तीन जना महिला र दुई पुरुष हुन भने उनीहरूको परिचय नखुलेको लम्सालले जानकारी दिएका छन् ।

उनका अनुसार अन्य तीन जनालाई लिन पुनः हेलिकोप्टर दामन उडेको छ । उनीहरूको अवस्था थाहा भइसकेको छैन ।  उनीहरू झ्याल नभएको कोठामा ग्याँस हिटर बालेर सुतेका थिए । उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ । उनीहरू १५ जनाको समूहमा नेपाल भ्रमणका लागि आएका थिए । आठ जना बाहेक अन्य अर्को कोठामा सुतेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्