अभियान लघुबित्तको ११ औ शाखाको उद्घाटन


बेलबारी / मोरङको बेलबारीमा अभियान लघुबित्त वित्तीय संस्थाको ११ औ शाखाको उद्घाटन गरिएको छ ।

सोमबार एक कार्यक्रमका बिच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शाखाको उद्घाटन गरेका छन् । गत असोज महिना देखी सञ्चालनमा आएको उक्त वित्तीय संस्थाले सुनसरी, तेह्रथुम, सखुवाशभा, काभ्रेपलान्चोक, चितवन,नवलपुर र दाङ जिल्लामा शाखा कार्यालयहरू सञ्चालनमा ल्याइसकेको छ ।

शाखाको उद्घाटन गर्दै मेयर सुवेदीले जनताका आधारभूत आवश्यकता पुरा गर्ने कार्यमा यो नयाँ शाखाले योगदान दिने आसा गरे ।

स्थानीय स्तरमा उत्पादनमा जोड दिने लक्ष्यका साथ लघुबित्त वित्तीय संस्था खोलिएको अभियान लघुबित्त वित्तीय संस्थाका अध्यक्ष बाबुराम थापाले बताए ।समूह लगानी गर्छौ अध्यक्ष थापाले भने सुचाकमा ऋण लिए पछिको ऋणीको आर्थिक अवस्था समेत बुझ्न समेत जान्छौ ।

अध्यक्ष थापाका अनुसार एक समूहमा १० देखी ३५ जना सम्मको समूह बनाइने छ ।अभियान नेपाल राष्ट्र बैङ्कले घ वर्गको इजाजतपत्र प्राप्त संस्था हो । हाल सम्म अभियानले २ करोड ५१ लाख रुपैयाँ ऋण लगानी गरिसकेको छ ।

https://youtu.be/gNBH6MURjNY

प्रतिक्रिया दिनुहोस्