धरानको पूर्व मेयर ध्यानबहादुर राईको मृत्यु


काठमाडौँ ,६ माघ ।  काठमाडौँको पाटन अस्पतालमा उपचाररत धरानका पूर्वमेयर ध्यानबहादुर राईको ५९ वर्षको उमेरमा निधन भएको छ ।

समाजवादी पार्टीका नेता राई भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनलाई दुई हप्ताअघि मात्र नेपाल फर्काइएको थियो ।
समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले पूर्वमेयर राईको निधन भएको उल्लेख गरेका छन् ।

३० वर्षको उमेरमा धरानको मेयर भएका राईको एक श्रीमती , एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्