सभामुखको लागि काँग्रेसबाट सांसद पुष्पा भुसालको तयारी


काठमाडौँ, ६ माघ । सभामुख उम्मेद्वारकालागि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबाट सांसद पुष्पा भुसाल गौतमलाई अगाडि सार्ने तयारी भएको छ ।
संसद् बैठकले रिक्त सभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने भएपछि केन्द्रीय सदस्य समेत रहेकी भुसाल नेपाली काँग्रेसकी सचेतकलाई उम्मेदवारी तयार गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने सचिवालय बैठकबाट निर्णय गरेपछि काँग्रेसले पनि गृहकार्य सुरु गरेको स्रोतले जानकारी दिएका छन् ।

राजनीतिमा लाग्नुअघि उनी १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाउँथिन् । उनी कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकोले पदअनुसार पात्र छनौट नभए सभामुख पदको गरिमा नै धरापमा पर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्