उपसभामुख डा. तुम्बाहाङ्फेले राजीनामा दिने : सहरी विकास र कानुन मन्त्री बनाउने तयारी


काठमाडौँ ,६ माघ । प्रतिनिधिसभाको उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसद् सचिवालयमा राजीनामा दिने भएकी छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रह मानेर उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर राजीनामा दिन लागेका हुन ।

सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई आइतबार नेकपा सचिवालय बैठकअघि ओलीले बोलाएर छलफल गरेका थिए । उनले ओलीसँगको भेटमा आफ्नो गल्ती के हो भनेर प्रश्नसमेत गरेकी थिइन् ।

ओलीले भने पार्टीको अवस्था बुझाउँदै आफूलाई सघाउन आग्रह गरेको स्रोतले बताएको छ ।अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने निकट स्रोतले बताएको छ । त्यसपछि आजको बैठकको अध्यक्षता जेष्ठ सदस्य राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।

उपसभामुख तुम्बाहाङ्फेलाई सहरी विकास र कानुन मन्त्री बनाउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्