प्रदेश १ मा मन्त्रिपरिषद्ले चार राज्यमन्त्री नियुक्त


विराटनगर ,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले मन्त्रिपरिषद्ले चार राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री राईले झापाकी जसमाया गजमेरलाई सामाजिक विकास , ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार , इलामका रामबहादुर मगरलाई भूमि कृषि तथा सहकारी र मोरङका विजयकुमार विश्वासलाई पर्यटन राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्