भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको साथ


काठमाडौँ, ५ माघ । भ्रमण वर्ष सफल बनाउन २० लाख पर्यटक भित्र्याउने योजनासहित थालिएको यस अभियानलाई निजी क्षेत्रले पनि साथ दिएको छ । भ्रमण वर्षको लोगो अङ्कित स्वेटर, गलबन्दी, झोला, टोपीले आन्तरिक तथा बाह्य बजार जमाउन सुरुवात गर्नेको साथै आकर्षक सामग्रीको माग निकै बढिरहेको छ ।

बुटवलको तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक सिर्जनात्मक सुरुवात गरेको छ सो प्रणालीले भिजिट नेपाल २०२० पोखरा र गण्डकी प्रदेशको लोगो अङ्कित स्वेटर र गलबन्दी, टोपी र झोला बजारमा आएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक इन्द्र खड्का १५ वर्ष विदेश बसेर फर्केर स्वदेशी उत्पादनमा सिर्जनात्मक कार्यमा लागेका हुन् । पोखरामा महानगरपालिका–५ सामाजिक अभियन्ता अञ्जु केसीसहित पाँच जनाले रु सात करोड लगानीमा स्थापित सो उद्योगमा ७० ले रोजगारी पाएका छन् ।

अब केही न केही इलमबाट अगाडि बढ्नुपर्छ भन्ने सोचेर व्यवसायमा लगानी गरेकी हुँ ।’ उनले अहिले देश विदेशबाट स्वेटर, टोपी, गलबन्दी, झोलाको माग बढिरहेको उत्पादनलाई अमेरिका, स्वीट्जरल्याण्ड, बेलायत, अस्ट्रेलियामा पनि पुर्‍याइ सकिएको कताएकी छन् ।

उनले विदेशी पर्यटकलाई नेपालको कोसेलीका रूपमा दिन समेत यसको प्रयोग गरिएको र यसले भ्रमण वर्षको प्रचारलाई समेत सहयोग पुर्‍याउने विश्वास ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्