सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलामाथि पटक–पटक बलात्कार


पथरी , ५ माघ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै विवाहित महिलालाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले रविन आचार्यलाई पक्राउ गरेको छ ।

विभिन्न खाले डर देखाएर ‘ब्ल्याकमेल’ गदै पटक पटक बलात्कार गरेको महिलाको जाहेरीको आधारमा पथरीशनिश्चरे नगरपालिका–७ का २५ वर्षीय आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलीप गिरीले बताएका छन् ।

शुक्रवार पक्राउ परेका आचार्यले मसँग तिम्रो नाङ्गो फोटो रहेको र त्यसलाई भाइरल बनाई दिने श्रीमान्लाई भनी दिन्छु । यदि नगर्नु हो भने मैले भनेको मान्नुपर्छ,’ भनेर युवतीसँग ’ब्ल्याकमेल’ गर्दै सात पटक भन्दा बढी बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी गिरीले बताएका छन् ।

डिएसपी गिरीका अनुसार ‘ब्ल्याकमेल’ गरिएका धेरै प्रमाण प्रहरीले जुटाएको त्यसक्रममा‘मसँग तिम्रो नाङ्गो फोटो भएको जस्ता कुराहरू खुलेको बताएका छन् ।
ब्ल्याकमेल’ गरेर बलात्कार गर्ने गरेको कुरा युवतीले आफ्ना श्रीमानलाई भनेपछि पारिवारिक सल्लाहअनुसार नै युवतीले प्रहरीमा जाहेरी दिएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्