समाजवादी पार्टीको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान सुरु


अशोक गुरुङ –
विराटनगर, माघ ४ । समाजवादी पार्टीका विशिष्ट नेता अशोक राईले नेकपाले सांसद बन्धक बनाएर राष्ट्र नै बन्धक बनाउनु हुँदै नहुने बताएका छन् ।

पार्टीले शुक्रवारबाट देश व्यापीरुपमा सुरु गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान विराटनगरमा शुभारम्भ गर्दै नेता राईले एमाले र माओवादी एकताको भागबण्डले सांसद बन्धक बनाउनु नहुने राष्ट्र बन्धक बनाउनु हुँदै नहुने बताएका हुन ।

विराटनगर स्थित महेन्द्र होटेलको सभाहलमा भएको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानका प्रमुख अतिथि विशिष्ट नेता राईले कार्यक्रमको वेनर वाचन गरेर उद्घाटन भएको थियो ।

तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानमा पार्टी जुटेकोले सम्पूर्ण नेता कार्यकर्ताहरूलाई समाजवाद , समावेशी , आरक्षण , समाजवादी पार्टीको बारेमा जनता समक्ष पुगेर बताउनु निर्देशन दिएका छन् ।

कार्यक्रम केन्द्रीय उपाध्यक्ष पशुराम खापुङ , महासचिव रणध्वज कन्दङवा, सचिव पर्शुराम बस्नेत , प्रदेश न. १ का सांसद जयराम यादवले सम्बोधन गर्नेको साथै प्रदेश न. १ का सांसद आर. सी. तुम्बा , राधा थापा लगाए केन्द्रीय नेता , प्रदेश नेताहरूको उपस्थिति रहेका थिए ।

केन्द्रीय नेताहरूले अनेमा सङ्घ जिल्ला सदस्य कमला राई ,समाजसेवी अगनी प्रसाद घिमिरे लगायतलाई पार्टी प्रवेश गरेका छन् । प्रदेश न. १ का उपाध्यक्ष दीपक याक्खाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने प्रभुराम क्षेष्ठले गरेका थिए ा

प्रतिक्रिया दिनुहोस्