पशुपति क्षेत्रभित्र अवैध संरचना हटाउन सात दिनको उर्दी जारी


काठमाडौँ, ४ माघ ।  पशुपति क्षेत्रभित्र निर्माण गरिएका अवैध संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले सात दिनको भित्र हटाउनु उर्दी जारी गरेको छ ।

पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले छाप्रा बनाएर वर्षौँदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेकोले पशुपति क्षेत्रभित्रको सौन्दर्यताका साथै भक्तजन, तीर्थयात्री र पर्यटकको आवागमनमा अवरोध पुगेकाले त्यसलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोष कस्सिएको छन् । कोषका अनुसार, पशुपतिभित्र व्यापार तथा बसोबास गर्दै आइरहेकाहरूले कोषसँग अधिकांशले अनुमति लिएका छैन ।

त्यस्तै, पशुपति क्षेत्र बाहिर अतिक्रमण गरेर निर्माण भएको संरचना हटाउन पनि कोषले ताकेता गरेको छ । पशुपति क्षेत्रभन्दा बाहिर कतिपयले निजी क्षेत्र अतिक्रमण गरेर टहरा तथा पाली बनाएका छन् । यसरी बनाइएका संरचनाका कारण पैदल यात्रु निर्बाध हिँडडुल गर्न सकिरहेका छैनन् । यहीबिच कोषले त्यस्ता संरचना हटाउन पनि आग्रह गरेको हो ।

कोषले आफ्नो क्षेत्रभित्र र बाहिर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माघ ७ गतेसम्मको समय दिएको छ । निर्धारित समयभित्र पनि अटेरी गरेमा आफैँले त्यस्ता संरचना हटाउने चेतावनी कोषले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्