बेलबारीमा गोदावरी स्कुलको “गोदावरी डे फेट” को उद्घाटन (फोटो फिचर)


बेलबारी, ३ पुस / गोदावरी विद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुल, बेलबारीले आज शुक्रवारबाट “गोदावरी डे फेट” कार्यक्रम सुरु गरेको छ । वाड नं. ३ स्थित सुन्दर टोलमा अवस्थित गोदावरी स्कुलको दुई दिने “गोदावरी डे फेट” कार्यक्रम आज उद्घाटन भएको हो ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै मेयर सुवेदीले अहिलेको विद्यमान कानुनी व्यवस्था अनुसार कानुन, नियमलाई व्यवस्थित गर्ने क्रममा नगरशिक्षा ऐनको व्यवस्था गरी सकेको बताएका छन् ।

कार्यक्रममा शुभकामना प्रदान गर्दै सुकुना बहूमुखी क्यापस, सुन्दरहरैचाका प्रमुख चन्द्र राईले गोदावरीले विद्यार्थीहरूलाई गुणस्तर शिक्षा प्रदान गर्छ भन्ने कुरामा विश्वस्त रहेको बताएका छन् । शिक्षा प्रणालीमा पनि धेरै सकारात्मक सुधारहरू रहेको र बेलबारीका उत्कृष्ट स्कुल मध्य गोदावरी एक रहेको उनले बताए । गोदावरीले विगतमा उत्पादन गरेको दक्ष जनशक्तिलाई हेरे पनि मुल्यङ्कन गर्न सकिने राई बताएका छन् ।

कार्यक्रममा विद्यार्थीहरूका कला, प्रतिभाको प्रर्दशनी गरिएको छ । विद्यार्थीद्वारा निर्मित विभिन्न उपकरण, चित्रकला, हस्तकलाहरू प्रर्दशनीमा राखिएको छ । सांस्कृतिक नृत्य प्रस्तुत गर्नुको साथै कार्यक्रमको सञ्चालन पनि विद्यार्थीहरूले गरेका छन् । कार्यक्रम भोलि सम्म हुने स्कुलका प्रधानाध्यापक आर.सी खनालले जनाएका छन् ।

वर्ष भरी विद्यार्थीहरूले पुस्तकमा पढेका, व्यवहारिक रूपमा सिकेका शिक्षालाई “गोदावरी डे फेट” कार्यक्रम मार्फत प्रदर्शनी गरेको स्कुलका सञ्चालक ललित राईले जनाएका छन् । स्कुलले पुस्तकको ज्ञान मात्र नभएर व्यवहारिक शिक्षालाई लागु गर्ने उद्देश्यले “गोदावरी डे फेट” कार्यक्रमको आयोजना गरेको सञ्चालक राईले जनाएका छन् ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता तथा वाड नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदी, उद्योग वाणिज्य संघ, बेलबारीमा उपाध्यक्ष राजेशजंग कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्