जलाउन ठिक्क पारिएको साहको शव प्रहरी नियन्त्रणमा


विराटनगर ,२ माघ । मोरङको विराटनगर– ८ संघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान मृत्यु भएकी साहको माइती पक्षको उजुरीका आधारमा प्रहरीले शव नियन्त्रणमा लिएको बताएको छ । महिलाको घाँटीमा चोट देखिएको छ ।

शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल पठाएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्