विप्लव समूहले राखेको बम सेनाले निष्क्रिय बनाए


काठमाडौँ ,२ माघ । बालुवाटारमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले गएराति ११ बजे निष्क्रिय पारेको नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी विज्ञानदेव पाण्डेले बताएका छन् ।

प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विस्फोटक पदार्थ राखेको विप्लव समूहले विस्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो ।

ललिता निवास जग्गा व्यक्तिको नाममा खरिदबिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले शोभाकान्त ढकालको घरमा बम विस्फोटसमेत गराएको थियो । बम विस्फोटबाट नागार्जुन(१ नर्सरीचोकस्थित ढकालको घरको गेट, झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्