नेकपा अध्यक्षद्वय बीचडेढ घण्टा ‘वान टु वान’ वार्ता


काठमाडौँ, २ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच बिहीबार सभामुख पदका लागि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको छ ।

रिक्त सभामुख पदमा असमझदारी बढेपछि संवादहीनताको अवस्थामा पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय तीन दिनको संवादहीनतालाई तोड्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच वार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबिच डेढ घण्टादेखि छलफल जारी छ । ओलीले बोलाएपछि प्रचण्ड बिहीबार दिउँसो बालुवाटार पुगेको उनको सचिवालयले बताएको छ ।उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई आइतबार बालुवाटारमा बोलाएर दुई अध्यक्षले राजीनामा दिन आग्रह गरेका थिए । तर, दुई अध्यक्ष आग्रहलाई उपसभामुखले अस्वीकार गर्दै पार्टीले सभामुखको उम्मेदवारको नाम सार्वजनिक गर्नुपर्नेलगायतका सर्त राखेकी थिइन् । उपसभामुख तुम्वाहाम्फेको राजीनामा नदिने अडानपछि प्रचण्ड बालुवाटार गएका थिएनन् ।

पछिल्लो समय सभामुख चयन, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र आफूबाहेकका नेतासँग प्रचण्डले छुट्टै भेला गरेपछि दुई शीर्ष नेताबिच मतभेद देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्