महिला सुरक्षा दबाब समूह नेपाल उपसभामुख डा. तुम्बाहाङ्फेको पक्षमा


काठमाडौँ ,२ माघ । महिला सुरक्षा दबाब समूह नेपालले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन दबाब दिएको भन्दै आपत्ति जनाएको छ ।

सभामुखमा तुम्बाहाङ्फेको दाबी स्वाभाविक भएकोले समूहको जारी विज्ञप्तिमा भनिएको छ, । समूहकी महासचिव इरादा गौतमले ‘तुम्बाहाङ्फे सबै पक्षबाट योग्य हुँदाहुँदै सभामुख हुन नदिई उल्टै राजीनामा गर्न दबाब दिएको प्रति हाम्रो आपत्ति रहेको बताएकी छन् ।

समूहले राजनीतिक दलहरूलाई आफ्नो क्षेत्राधिकार भन्दाबाहिर गई हस्तक्षेप नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्