सरकारी प्लेट नम्बर भएको मोटरसाइकल बेवारिसे अवस्थामा


गोरखा ,२ माघ । खानेपानी तथा सरसफाइ मन्त्रालयको सरकारी बा १ व ८२७१ नम्बर प्लेटको मोटरसाइकल गोरखा नगरपालिका–३ होलसिङमा बेवारिसे अवस्थामा फला परेको छ ।

यामाहा कम्पनीको अल्वा मोटरसाइकल सो ठाउँका नवराज अर्यालले उक्त मोटरसाइकल ल्याएर छाडेको स्थानीयको भनाइ छ अर्याल खानेपानी मन्त्रालयमा गाडी चालकको रूपमा करारमा काम गर्थे । मन्त्रालयका अनुसार अर्यालले जागिर छाडेको ६ महिना भइसक्यो ।

जागिरको सिलसिलामा उनले ल्याएको मोटरसाइकल फिर्ता गर्नुको अलावा गाउँ नजिकैको झाडीमा अलपत्र छाडेर उनी बेपत्ता रहेका छन् । महिनौँदेखि मोटरसाइकल अलपत्र अवस्थामा हुँदासमेत मन्त्रालयले चासो दिएको छैन ।

मन्त्रालयका कर्मचारी दीपेन्द्र केसीलाई सम्पर्क गर्दा उनले मोटरसाइकल कहाँ छ भन्ने थाहा नभएको बताए । ‘नवराज भन्नेलाई हामीले जागिरबाट निकालिसक्यौ, मोटरसाइकल कहाँ लग्यो भन्ने थाहा थिएन, अब थाहा भयो हामी लिन पठाइहाल्छौँ,’ केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्