नेकपाले महिनौँ दिनसम्म सांसद बन्धक बनाउनु नहुने : देउवा


मोरङ, १ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महिनौँ दिनसम्म सांसद बन्धक बनाउनु नहुने भन्दै प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् ।

सभापति देउवाले सभामुख चयन प्रक्रिया छिटो सुरु गर्नुपर्ने भन्दै हिउँदे अधिवेशन आह्वान भएको महिना दिनसम्म पनि नेकपाले सभामुखको उम्मेदवार दिन नसकेको बताउँदै अब धेरै कुर्न नसकिने बताएको छ ।

उहाँहरू (ओली–प्रचण्ड) मिल्दै नमिल्ने हो भने हामी संसद् चलाई दिन्छौँ,’ देउवाले भने पुस ४ गतेपछि तीन पटक सूचना टाँसेर संसद् बैठक स्थगित गरिएको छ । अर्को बैठक माघ ६ गते दिउँसो १ बजे संसद् बैठक डाकिएको छ । तर, अझै सत्तारुढ दलमा सभामुखको उम्मेदवारबारे सहमति जुट्न सकिरहेको छैन ।

यसैबिच सभापति देउवाले पार्टीभित्रको असमझदारी हल हुने क्रममा रहेको समेत दाबी गरेका छन् । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आफूले कुराकानी गरिसकेको उल्लेख गर्दै देउवाले तोकिएकै समयमा १४ औँ महाधिवेशन हुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्