बेलबारीका मगर समुदायलेले मनाए माघे सङ्क्रान्ति


असोक गुरुङ –
भाउन्ने , १ माघ ।  बेलबारीका मगर समुदायले भव्यताको साथ माघे सङ्क्रान्ति मनाएका छन् । नेपाल मगर सङ्घ बेलवारी नगर समितिको आयोजनामा वाड नं. १० स्थित भाउन्नेमा माघे सङ्क्रान्तिको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेर मनाएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरका उप प्रमुख ढाका कुमारी पराजुलीले दीप प्रज्वलन गरी उद्घाटन गरेका छन् । उपप्रमुख पराजुलीले कार्यक्रममा शुभकामना प्रदान गर्दै मगर समुदायको हितको लागि बेलवारी नगरपालिको सधैँ सहयोग रहेको बताएकी छन् । उनले भनिन, ‘तपाईँहरूको अधिकार र पहिचानको लागि नगरको साथ रहनेछ ।’

कार्यक्रममा मगर समुदायलाई योगदान पुराउने व्याक्तिहरुलाई सम्मान पनि गरिएको छ । राम बहादुर पिठाकोटी मगर , खडी बहादुर पुवार मगर, बल बहादुर मगर , मेगराज एकचाई मगर , शर्मिला लुगेली मगर, जगं बहादुर थापा र सन्तोष पिठाकोटी मगरलाई सम्मान गरिएको हो ।

भेला भएका सबै मगर दाजुभाइ दिदीबहिनीहरू परम्परागत खाना खानुको साथै सांस्कृतिक नृत्यमा पनि रमाएका थिए । ‘हुर्रा हाहा, हुर्रा हाहा’ बोलको गीतले कार्यक्रममा भेला भएका सबै मगर साथै अतिथिहरू हुर्रा नृत्य नगरी कोही पनि बस्न सकेनन् । सबैले हात समाएर गीतमा रमाउँदै नृत्य गरेका थिए ।

मगर सङ्घ बेलवारीका अध्यक्ष केशव थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव अमिर मगरले  गरेका थिए । अध्यक्ष केशवका अनुसार माघ १ गतेलाई मगर समुदायको लागि नयाँ वर्षको आगमन मानिन्छ । तसर्थ भावी दिनमा पनि नयाँ वर्षको स्वागत तथा शुभकामना आदानप्रदान गर्न वार्षिक रूपमा कार्यक्रम  निरन्तर रहने  बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्