अनैतिक यौन क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ


काठमाडौँ, १ माघ । प्रहरीले काठमाडौँमा दिउँसो नयाँ बसपार्क क्षेत्रमा अनैतिक यौन क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४३ पुरुष, २५ युवती र पाँच तेस्रोलिङ्गी समेत रहेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले मङ्गलवार दिउँसो गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रका होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको हो ।

नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाइएको ‘स्विप अप्रेसन’ का क्रममा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताएका छन् ।

दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारेका हौँ,’ लम्सालले भने । पक्राउ परेकाहरू लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न भएका प्रहरीले बताएको छ । थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्