माघे सङ्क्रान्तिको अवसरमा बुधवार सार्वजनिक बिदा


काठमाडौँ ,२९ पुस ।  प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठकले माघे सङ्क्रान्तिका अवसरमा बुधवार सार्वजनिक बिदा हुने भएको छ ।

माघेसंक्रान्ति नेपालमा धेरै समुदायले आआफ्नो सांस्कृतिक प्रचलनअनुसार मनाउने भएकोले मङ्गलवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको हो ।
माघेसंक्रान्तिका दिन अन्य प्रदेश सरकारहरूले पनि बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्