राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध उजुरी


काठमाडौँ, २९ पुस ।  राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प्रसाईँले उजुरी दिएका छन् ।

गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बिमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरेको आरोपलगाउनुको साथै अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईँले सो सम्पूर्ण सम्पत्ति जफत गर्न माग समेत गरेका छन् ।

त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष हुन योग्यता नै नपुगेपछि गिरीले झुटा विवरण पेस गरी नियुक्ति लिन सफल भएको प्रसाईँको आरोप लगाएको छ ।
आफूले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरी समक्ष निवेदन दिएकोमा २० करोड रुपैयाँ घुस माग गरिएको प्रसाईँले उजुरीमा उल्लेख गरेका छन् । २० करोड नदिए कम्पनीको १० प्रतिशत शेयर दिन गिरीले भनेको प्रसाईँले उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्