पास्टरले आफ्नै अनुयायी महिलालाई बलात्कार गरेकोमा पक्राउ


काठमाडौँ, २९ पुस । धर्मको आडमा आफ्नै अनुयायी महिलालाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट क्रिस्चियन धर्मका गुरु (पास्टर) धुवबाबु जोशीलाई पक्राउ गरेको छ ।

परमेश्वरको त्रासमा पटक–पटक बलात्कार गरेको महिलाको उजुरीका आधारमा पास्टर जोशीलाई पक्राउ गरिएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले बताएका छन् । आइतबार साँझ पक्राउ परेका जोशीले चर्चमा प्रार्थना गर्न जाने सिलसिलामा एक महिलालाई परमेश्वर र पापको त्रास देखाई ३ महिनादेखि बलात्कार गरेको आरोप छ ।

रोग निको हुने विश्वासमा ललितपुरको मण्डली चर्चमा प्रार्थना गर्न गर्न जाने क्रममा पास्टर ध्रुवबाबु जोशीले तिमीले नराम्रो काम गरेका कारण रोग लागेको हो र त्यो पाप मेटाउन आफूसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनेर बलात्कार गरेको पीडितले प्रहरीमा उजुरी दिएकी छन् । घटनाबारे थप अनुसन्धान अगाडि बढिसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्