बाबा शिवानन्द स्वामीले ४० लाख ठगी गरेकोमा पक्राउ


काठमाडौँ, २८ पुस ।  बाबा शिवानन्द स्वामी नामले चिनिने ३० वर्षीय दीपक भण्डारी ठगी आरोपमा पक्राउ परेका छन् ।

आफ्नो पहुँचका आधारमा चेक रिपब्लिक पठाई दिने भन्दै पाँच युवाहरूलाई ठगी गरेको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले बिहान भण्डारीलाई पक्राउ गरेको बताएको छ । महाशाखाले ३० वर्षका भण्डारीले आफू तन्त्रविद्यामा सिद्ध भएको भन्दै सर्वसाधारणलाई भ्रमित बनाउँदै आएका थिए ।

उनीविरुद्ध पाँच जनाले उजुरी दिएको जानकारी गराएका छन् । भण्डारीले ती युवालाई चेक रिपब्लिक पठाउन भन्दै ४० लाख रुपैयाँ भन्दा बढी रकम लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्