घुससहित बेलवारी नापी कार्यालयका अमिन दिनेशकुमार पक्राउ


विराटनगर ,२८ पुस ।  मोरङको बेलवारीमा रहेको नापी कार्यालयबाट अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

शाहले बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले पक्राउ गरेको छ ।

घुस मागेको सूचना पाएपछि पछ्याउँदै गएको टोलीले साहलाई रंगेहात पक्राउ गरेको अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताएका छन् । थप अनुसन्धानका लागि अख्तियारको हिरासतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्