दिलीपको परिवारलाई प्रदेश २ सरकारको ५ लाख सहयोग


जनकपुरधाम ,२८ पुस । खोला उत्खननको विरोध गरेकै कारण हत्या गरिएको दिलीप महतोको परिवारलाई प्रदेश २ सरकारले ५ लाख सहयोग गर्ने भएको छ ।
बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रवार बिहान हत्या भएको र हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्