ललिता निवास जग्गा प्रकरणबारे सरकारको जवाफ माग गर्दे सांसद आले


काठमाडौँ ,२७ पुस । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा सांसद विन्दादेवी आलेले बालुवाटार, ललिता निवास जग्गा प्रकरणबारे सरकारको जवाफ माग गरेकी छन् ।

तीन तीन वटा निकायले अनुसन्धान गरेको ललिता निवासको जग्गा विवादको प्रतिवेदन कहाँ छ, यो विषयमा सरकारले सांसदलाई जवाफ दिनुपर्ने सांसद आलेले माग गरेकी छन् ।

शक्तिशाली नेता, व्यवसायीदेखि पूर्व प्रधानमन्त्रीहरू समेत तानिएको ललिता निवास क्याम्पभित्रको २९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारेको विषयमा अनुसन्धान गर्न सरकारले तीन वटा निकायलाई जिम्मा दिएको थियो ।

२०७५ फागुनमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धान गर्न भनेको थियो तर तीन पटक म्याद थप गर्दा पनि अनुसन्धान टुङ्गिएको लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्