“सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्ने एक जुट हौँ” : पथरीशनिचरे सुकुम्वासीको आवाज


पथरी , २६ पुस । जोत भोग तथा बसोबासको आधारमा धनीपुर्जा कायम गर्न सम्पूर्ण सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेहरू एक जुट हौँ भन्दै मोरङको पथरीशनिचरेका सुकुम्वासीहरूले आज प्रदर्शन गरेको छ ।

सुकुम्वासी तथा अव्यवस्थित बसोबास साझा सङ्घर्ष समितिको आयोजनामा विशाल आमसभा भएको छ । सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेहरूको पुर्जा प्राप्तिको लागि खबरदारी कार्यक्रम गरेको सुकुमबासीले बताएको छ ।

विशाल सभालाई सम्बोधन गर्दे समाजवादी पार्टीका नगर अध्यक्ष पर्शुराम चोङ्बाङ , सङ्घीय लोकतान्त्रिक मञ्जुका उदय मादेन लगायतले सुकुम्वासीको समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन् ।

समितिले बसोबासको आधारमा जग्गा धनिपुर्जा माग गर्दे पथरीशनिचरेको नगरपालिकामा गत माघ २२ गते समितिको अध्यक्ष मौसम लिम्बुको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा बसोबासको आधारमा ६ महिना भित्र धनिपुर्जा दिनुपर्ने , ५ कठा भन्दा कम जग्गा उपभोग गर्नेहरूलाई निःशुल्क पुर्जा दिनुपर्ने , सुकुम्वासीको शिक्षा , स्वास्थ्य र रोजगारीको व्यवस्था गरिनुपर्ने उल्लेख गरिएको छ ।

नगरमा २ सय १६ जना जग्गाधनीको नाममा रहेको २ सय ४३ बिघा १८ कठा ५ धुर जग्गा दोहोरो स्वामित्वमा रहेको नगरपालिका प्रमुख दिलीप कुमार राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्