योजना नहुँदा काँग्रेसमा समस्या डा. कोइराला


चितवन, २६ पुस ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको महामन्त्री डा. शशाङ्क कोइरालाले पत्रकार समक्ष बताएका छन् ।

उनले भने, पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर चुप लागेर बसे तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् ।
’सुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो ।अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन नसकेको कोइरालाले बताएका छन् ।

सभापतिप्रति कडारुपमा प्रस्तुत बनेका महामन्त्री कोइरालाले अबका दिनमा काँग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए । सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको महामन्त्री कोइरालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्