कर्मचारीको रकमसहित कागजात लुटपाट


महोत्तरी, २६ पुस ।  महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रवार साँझ दुई जनाले एक कर्मचारीका साथबाट रु पाँच लाख नगदसहित कागजात लुटपाट गरेको छ ।

बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई मोटरसाइकलमा पिछा गरेका उनीहरूले नगद र कागजातसहितको झोला खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।

भङ्गाहा–६ र ७ का ७० बचतकर्ता र ऋणीबाट सङ्कलित रकम लिएर बर्दिबासतर्फ चौधरी को २८ प ६९ नम्बरका स्कुटीमा फर्किरहेकी चौधरीलाई पेस्तोल देखाएर लुटेको छ ।

अहिलेसम्म पीडितको भनाइका आधारमा घटनास्थलमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्