कम्युनिस्ट नाम भएका पार्टीहरू नेकपामा सहमति हुन प्रचण्डको अपिल


काठमाडौँ, २६ पुस ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय कार्यालयमा शनिवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट नाम भएका पार्टीहरू पनि नेकपामा सहमति हुन अपिल गरेका छन् ।

अध्यक्ष प्रचण्डले ढिलो चाँडो विप्लव पनि नेकपामा आउनुको विकल्प नभएको बताउँदै उनले भने, ‘सानो चुल्हो चौमा रुँगेर केही पनि पाक्दैन ।’ उनले थपे, ‘मलाई लाग्छ भोलि स्वंयम विप्लव पनि यहाँ आउनु पर्छ ।आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई फाइदा गर्दैन,’ अध्यक्ष प्रचण्डले भने, ‘मलाई त भरोसा छ एक दिन उहाँ (विप्लव) पनि यसै गरी आउनुपर्ने ठाउँमा पुग्नु हुन्छ ।’

विप्लव समूहका पोलिटव्युरो सदस्य मोहन कार्कीलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘जनयुद्ध र शान्ति प्रक्रियापछि यताउता गएका सबै साथीहरू फेरि एक हुनुपर्ने’ बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्