दिलीपको हत्यामा क्रसर उद्योगी विपिन महतो पक्राउ


जनकपुर, २६ पुस । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभाबी उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलीप महत्तोको मृत्यु अनुसन्धानका लागि क्रसर उद्योगी विपिन महतो पक्राउ परेका छन् ।

मिल्स एरियास्थित ससुराली घरबाट शनिवार बिहान उनलाई पक्राउ गरी अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलीप महतोको हत्याका विषयमा आवश्यक अनुसन्धान र सोधपुछका लागि विपिनलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले बताएका छन् ।

परिवारका सदस्यका अनुसार क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलीपलाई हत्या गर्ने धम्की दिएका थिए । दिलीपका परिवारले भने पहिला हत्या गरिएको र हत्यालाई दुर्घटना जस्तो देखाउन टिपरले किचिएको आरोप लगाएका छन् । घटनामा जोडिएका अन्य केही व्यक्ति फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्