ट्रकको ठक्करबाट १० वर्षीय परियारको मृत्यु


दमौली, २६ पुस । ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटारकी १० वर्षीया सुरता परियारको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँ पुलमा शुक्रवार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिर्दा परियारको मृत्यु भएका छन् ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताएका छन् ।

ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ । मृतक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो । चालक र ट्रक प्रहरी नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्