पृथ्वी जयन्तीको अवसरमा चारवटै स्थानीय तहमा बिदा


गोरखा, २६ पुस । आधुनिक नेपालका राष्ट्र निर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गत चार वटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् ।

योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएको स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्